उपराष्टपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनले गृहमन्त्री बादललाई विप्लव नेकपामाथिको प्रतिवन्ध हटाएर वार्ताको लागि पहल गर्न आग्रह गरेका छन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै उनले यस्तो आग्रह गरेका हुन् । पुन सत्ताधारी नेकपा निकट विद्यार्थी संगठनका उपाध्यक्ष समेत हुन् ।

उनको फेसबुक स्टाटस यस्तो छ –

अमेरिका, रुस लगायतको सारा शक्ति लागेर पनि तिनीहरुले अझैसम्म अफगान युद्धको निर्णायक फैसला दिन सकिरहेका छैनन्। बरु समुह उपसमुहका दर्जनौ शक्तिहरु युद्धरत छन्। त्यसैले युद्धमा कुन शक्तिशाली वा कुन कमजोर भन्ने हुँदैन। वीर गोर्खालीहरुले हातहतियारले सुसज्जित अँग्रेज फौजलाई ढुंगामुढाले लखेटेको ईतिहास साँची नै छ।

भन्नुको अर्थ बिद्रोही शक्ति वा फरकमतका साथ हिडिरहेको त्यो एकजना नै किन नहोस् त्यसको नजरअन्दाज गर्नहुँदैन। कुरा प्रष्ट छ कि विप्लब नेकपा बिद्रोही शक्तिमात्र हैन त्यो राजनीतिक शक्ति नै हो।

सरकाले बिप्लव नेकपा माथीको प्रतिबन्ध हताएर उनीहरुसंग वार्ताको आह्वान गर्नुपर्छ।वार्ता नै अन्तिम शर्त हो।

उत्तेजक आरोप लगाएर बिषयलाई झन् गम्भिर बनाउने तर्फ लाग्नुहुँदैन।राज्य सबैभन्दा ज़िम्मेवार भएर गम्भिरतापूर्वक नलिने हो भने आज भोजपुरको जस्तो घटना भोली फेरी अन्य ठाउँ नहोला भन्न सकिन्न। बेलैमा सोच्ने कि?

पुन अखिलका नेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *