निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच बिहिबार टेकु परिसरमासहमति भएको छ । शिल्पाले घरेलु हिंसा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उजुरी गरेकी थिइन् ।

छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए । एकाएक डिर्भाेसको खबर आउँदा महोल निकै तातेको थियो । छविराज ओझाकी शिल्पा चौथो श्रीमती हुन् । उनले ओझाले निर्माण गरेको फिल्म ‘लज्जा’बाट डेब्यु गरेकी हुन् ।

उनीहरुले आगामी दिनमा झगडा नगर्ने भन्दै लिखित सम्भौता भएको हो । तर, ओझाले डिर्भोस नदिने उल्लेख गरेका छन् । घरझगडा भएपछि शिल्पा अहिले दाई बनाएकी विकाश रौनियारको घरमा बस्दै आएकी छिन् । टेकु निस्किएपछि पनि शिल्पा दाइ रौनियारकै गाडीमा बसेर गइन् । गाडीमा उनी रोइ रहेकी देखिन्थिन् ।

 

 

छविराजको कुटाइबाट शिल्पाको कानको जाली फुट्यो !

श्रीमान छविराज ओझा विरुद्ध काठमाण्डौ प्रहरी परिसरमा घरेलु हिंसाको उजुरी दिएकी नायिका शिल्पाको सम्बन्धी नयाँ खबरको खुलासा भएको छ । खबर अनुसार श्रीमान ओझाको कुटाइबाट शिल्पाको कानको जाली फुटेको उनको दाबी छ ।

रातो पाटी डटकमका अनुसार शिल्पाको हालको अवस्था समेत नभएको उल्लेख गरिएको छ । अहिले शिल्पा दाजु बनाइएका विकाश रौनियारको घरमा बसिरहेकी छिन् । शिल्पासँग फोन सम्र्पक गर्न खोज्दा निर्देशन सम्झना उप्रेती रौनियारले यो खुलासा गरेकी हुन् । शिल्पाको यस आरोप बारे छविराजले आफ्नो मुख खोलेका छन् ।

ओझाको कुटपिटपछि शान्ति सुरक्षाको माग गर्दै शिल्पाले महानगरीय प्रहरी परिसर काठमाण्डौंमा उजुरी दर्ता गरेकी छिन् । उजुरी दर्ता भएपछि बुधबार दिउँसो दुवै पक्षलाई परिसरमा बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *