इटहरी : इटहरी ५ स्थित सुकुमारी खोलाले बगाएर बेपत्ता युवा अझै भेटिएका छैनन् । सोही स्थानमा ग्रील पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई माछा मार्ने क्रममा बिहीबार बाढीले बगाएको थियो । स्थानीयका अनुसार बिहान ११ बजे घर नजिकको खोलामा बाढी आएपछि युवक माछा मार्न जाल लिएर निस्केका थिए । उनको खोजीका लागि प्रहरी परिचालन गरिए पनि हालसम्म नभेटिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले जानकारी दिएका छन् ।

इटहरीका विभिन्न खोला, नालामा पानीको बहाव बढेको छ । टेंग्रा खोलामा पानीको सतह बढेसँगै इटहरी अघिल्ला वर्षझै डुबानमा हुने खतरा बढेको छ । दुई वर्षअघि इटहरीकै बुढी खोलामा आएको बाढीले नजिकैको बस्ती बगाउँदा ६ जनाको ज्यान गएको थियो भने दर्जनौं विस्थापित भएका थिए । हरिनगराका ३५ परिवार विस्थापित

भारी वर्षापछि पानी जमेर सुनसरीको हरिनगर गाउँपालिका ५ वसन्तपुरका ३५ घरपरिवार विस्थापित भएका छन् । सुकसेना टोलमा घुँडासम्म पानी जमेपछि ती परिवार विस्थापित भएका हुन् । उनीहरुलाई प्रहरीले उद्धार गरेर विद्यालयमा सुरक्षित राखेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सो स्थानमा नयाँ बाटो निर्माण गर्दा पानीको निकास नभएर बस्ती डुबानमा परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *