काठमाडौं । सामाखुसी चोकबाट घुस लिँदै गरेको अवस्थामा चार प्रहरी रंगेहात पक्राउ परेका छन् । घुस लेनदेन हुन लागेको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा आएलगत्तै खटिएको टोलीले एक लाख रुपैयाँ घुससहित चार प्रहरी जवानलाई पक्राउ गरिएकाे हो । जसमा ३ ट्राफिक प्रहरी र एकजना दुई नम्बर गणका प्रहरी जवान रहेको अख्तियारले जनाएको छ ।उनीहरुलाई सामाखुसीको एक मिठाई पसलबाट घुस दिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।पक्राउ परेका प्रहरी जवानहरुले बिमा रकम दाबीका लागि सवारी दुर्घटना प्रमाणित गर्न कागजात बनाइदिने भनेर एक व्यक्ति मार्फत एकलाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको छ । यद्यपि पक्राउ परेका प्रहरी जवानहरुको परिचय भने खुलाइएको छैन् ।रुकुमपश्चिम, २७ असार । आठबीसकोट नगरपालिकामा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । पहिरोसँगै खसेको ढुङ्गा लाग्दा वडा नम्बर ५ गोतामकोट रिम्काकी १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको हो ।जलिगारबाट रिम्का जाँदै गर्दा

फारुलाको भिरमा पहिरोसँगै आएको ढुङ्गा लाग्दा बस्नेतको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष प्रजित विकले जानकारी दिनुभयो । उहाँका अनुसार बस्नेतको आज बिहान १०ः०० बजे मृत्यु भएको हो । मृतक बस्नेत सरस्वती माध्यमिक विद्यालय मिग्रीमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्थ्यो । –राससकाठमाण्डौ – लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि १७ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परि ७ जना बेपत्ता भएका छन् । त्यस्तै बाढी पहिरोमा परि ७ जना घाइते भएका छन् ।काठमाण्डौमा एकै परिवारका ३ जनाको ज्यान गयोघरको पर्खाल भत्किँदा काठमाण्डौको मूलपानीमा एकै पििरवारका तीन जनाको ज्यान गएको छ । मूलपानीको बाबाचोकको नजिकै रहेको घरको पर्खाल भत्किँदा बारा देवताल गाउँपालिका ५ घर भई अहिले कागेश्वरी मनोहरा–६, मूलपानी बस्ने ३५ वर्षीया शर्मिला यादव, गर्भवती रहेकी ३० वर्षीया नितु यादव र १३ वर्षीय कुन्दन यादवको ज्यान गएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *